धरान/धरान–९ स्थित गौतमपथमा आज अपरान्ह करिव ३ बजेदेखि भिषण आगलागी भएको छ । आगलागी करिव ४ बजेतिर स्थानीयवासी, जनपथ प्रहरी, धरान उपमहानगरपालिका, इटहरी उपमहानगर, इनरुवा नगरपालिकाको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । [caption id="attachment_15719" align="alignnone" width="1024"]अागलागी हुँदै गरेकाे अवस्था । तर हाल नियन्त्रणमा अाइसकेकाे छ । तस्बिर: Upendra chamling अागलागी हुँदै गरेकाे अवस्था । तर हाल नियन्त्रणमा अाइसकेकाे छ । तस्बिर: Upendra chamling[/caption] ग्यास लिक भएपछि बुढासुब्बा फ्रेसहाउसबाट आगो सुरु भएको थियो । आगोको कारण त्यस ठाउँमा रहेको ६ वटा पसलहरु ध्वस्त भएका छन् । करिव ४० लाख रुपैया बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । त्यस ठाउँमा अधिकांस मासु पसलहरु सञ्चालनमा रहेका थिए । बोगटी सु सेन्टरका सञ्चालक विमल बोगटीका अनुसार त्यस ठाउँमा किशोर श्रेष्ठ, अरुणा बास्तोला, राजेश श्रेष्ठ, र भूपालमान शाक्यको कुखुरा र बंगुरको पसल सञ्चालनमा थियो । त्यस्तै कृष्ण शाक्यको साइकल मर्मत केन्द्र रहेको थियो भने अब्बास अन्सारीको झोला तथा ताला पसल सञ्चालनमा रहेको थियो । आगलागी सुरु भएलगत्तै स्थानीयवासीहरुले प्रहरीलाई खबर गरेका थिए । खबरलगत्तै धरानको बारुण यन्त्रको सहयोगमा आगो निभाउने प्रयास थालिएको थियो । करिव एकघण्टामा आगो नियन्त्रणमा आएको थियो । क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ । उक्त पसल टीनले छाएको थियो । तत्कालै आगो नियन्त्रणमा लिएको कारण अन्य घरहरुलाई क्षति पुग्न सकेन् । [video width="640" height="368" mp4="http://blastkhabar.com/wp-content/uploads/2016/09/video-1475061485.mp4"][/video]