मनिला(एजेन्सी)/ फिलिपिन्स संयुक्त राष्ट्रसङ्घबाट अलग्गिने भनी केही दिन पहिले यहाँका राष्ट्रपतिले राखेको धारणा एउटा ठट्यौलीमात्र भएको उनले नै बताएका छन् ।फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्नेले गत आइतबार सो भनाइ सार्वजनिक गरेका थिए । तर यस भनाइको यहाँका विदेश सचिव पर्फेक्टो याशीले भने खण्डन गरिसकेका थिए ।संयुक्त राष्ट्रसङ्घले फिलिपिन्समा भएका लागूऔषध ओसारपसार र यससँग सम्बन्धित लडाईंका विषयलाई लिएर राष्ट्रपति रोड्रिगो डुटेर्तेले आपूmहरु संयुक्त राष्ट्रसङ्घबाट बाहिरिन पनि सक्ने बताएका थिए ।
फिलिपिन्समा कैयौं प्रकारका अवैध लागूऔषधको कारोबार हुने गर्दछ । यसका कारण यहाँ हत्या हिंसा पनि ठूलो मात्रामा पैmलिएको छ ।सो हिंसाको नियन्त्रणका क्रममा यहाँ मानवअधिकारको हनन् भएको तथा धेरै मानिस सो लागूऔषध नियन्त्रणका नाममा मारिएको राष्ट्रसङ्घीय अधिकारीहरुले बताएका थिए । राष्ट्रपति डुटेर्तेले अलग्गिने कुरा ठट्यौली मात्र भएको बताउँदै बुधबार सम्वाददाताहरुसँग भने, ‘के तपाईंहरुले कहिल्यै जोक गर्नुहुन्न ?’ फिलिपिन्सका राष्ट्रपतिले आफ्नो देशलाई आरोप लगाएको कारणले सो धारणा राखेको र आपूmहरु सङ्गठनबाट बाहिरिने सोचमा नरहेको यसअघि नै विदेश सचिव याशीले बताएका थिए । उनले पत्रकारहरुसँग भने, ‘हुनत त्यहाँ कैयौं निराशाहरु छन्, र हामीजस्ता देशहरुको कुनै वास्ता छैन तर पनि हामी सो सङ्गठनबाट बाहिर भने हुदैनौं ।’गएको जुन महिनामा डुटेर्ते यहाँको राष्ट्रपति भएपछि लागूऔषधका मुद्दाहरुका कारण कम्तीमा पनि दुइ हजार नागरिकको ज्यान गएको छ । राष्ट्रपति डुटेर्तेले आगामी दिनमा पनि यस मुद्दालाई सशक्त रुपमा अघि बढाउने पनि जानकारी दिएका छन् ।