धनकुटा/धनकुटाबाट यो वर्ष ३ अर्ब २३ करोड ५६ लाख रुपैया वरावरको कृषिजन्य वस्तु जिल्ला वाहिर निकासी भएको छ ।
कृषि विकास कार्यालय धनकुटाले तयार पारेको आर्थिक वर्ष ०७२÷७३ को वार्षिक तथ्यांकअनुसार सो मुल्यवरावरको अदुवा, अलैची, गोलभेडा, बन्दा, आल्, सुन्तला अकवरे खोर्सानी, काउली, अदुवा, अलैची, सुन्तला लगायतका कृषिजन्य वस्तु निकासी भएको हो । सो कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष ०७१÷७२ मा जिल्लावाट २ अर्ब ३९ करोड ७९ लाख रुपैया वरावरको कृषिजन्य वस्तु निकासी भएको थियो ।
[caption id="attachment_9663" align="aligncenter" width="717"]
धनकुटाको गुठीटारमा रहेको तरकारी संकलन केन्द्रमा जिल्ला वाहरि निकासीको लागी टमाटर प्याक गर्दै स्थानिय व्यापारी । गाउँगाउँवाट टमाटर कृषकले उत्पादन गरेको टमाटर गुठीटार तरकारी संकलन केन्द्रमा जम्मा गरेर नेपाल लगायत भारतको विभिन्न वजारमा पठाइन्छ ।[/caption]
धनकुटामा हिउदे र बर्खे गरी ८ हजार ८ सय ३० हेक्टर क्षेत्रफल जमिनमा व्यवसायिक कृषिजन्य वस्तुको खेती हुने गरेको छ । जसमध्ये गतआवमा १ लाख ६८ हजार ९ सय ७५ मेक्टिक टन कृषि जन्य वस्तु उत्पापदन भएको कृषि विकास कार्यालय धनकुटाका प्राविधिक सहायक टंक अधिकारीले बताए । उनका अनुसार गतआवमा उत्पादन भएको कृषिजन्य वस्तु मध्ये १ लाख २९ हजार ४ सय ८६ मेक्टिन टन निकासी भएको थियो । अर्थात कुल उत्पादनको ७९.६३ प्रतिशत निकासी कृषिजन्य वस्तु निकासी हुने गरेको छ । भने २३.३६ प्रतिशत कृषि जन्य वस्तु जिल्लामा नै खपत हुने गरेको छ ।
गत आवमा ८९ करोड ८ लाख ८० हजार रुपैया वरावरको हिउँदे र बर्खे गरी आलु निकासी भएको छ । त्यस्तै ८४ करोड १९ लाखको गोलभेंडा, ३३ करोड ९५ लाखको बन्दा कोभी, १९ करोड ५० लाखको काउली, मुला ४ करोड ९५ लाख, रायो साग ४ करोड ४७ लाख, मटरकोसा ७ करोड ९ लाख, घिउ सिमि ४ करोड ४६ लाख, अकबरे खोर्सानी ७० लाख, अन्य पिरो खोर्सानी १ करोड ३० र सजिवन १६ लाख ५० हजार रुपैया वरावरको निकासी भएको छ ।
त्यस्तै फलफुल वाली अन्र्तगत सुन्तला १९ करोड ८० लाख, नास्पाती १ करोड ५० लाख, आँप ४ करोड ४० लाख, सरिफा १२ लाख ५० हजार, लिचि १ करोड र अन्य फलफुलहरु २ करोड ५० लाख रुपैया बरावरको निकासी भएको सो कार्यालयको तथ्यांक छ । त्यस्तै मसलावाली अन्र्तगत गतआवमा २६ करोड १० लाखको अलैची र १४ करोड ६३ लाख ६० हजारको अदुवा गरी ४० करोड ७३ लाख ६० हजार रुपैया वरावरको निकासी भएको थियो ।
जिल्लाको विभिन्न क्षेत्रमा चार दर्जन भन्दा कृषि उपज संकलन केन्द्र सञ्चालनमा छन् । सञ्चालनमा रहेका ती केन्द्रमा कृषिजन्य वस्तु संकलन भई पूर्वी तराइका विभिन्न बजार, छिमेकी देश भारतको सीमावर्ती बजार हुँदै तेस्रो देश वंगलादेशसम्म निकासी हुने प्राविधिक सहायक अधिकारीले बताएका छन् ।
धनकुटाको गुठीटारमा रहेको तरकारी संकलन केन्द्रमा जिल्ला वाहरि निकासीको लागी टमाटर प्याक गर्दै स्थानिय व्यापारी । गाउँगाउँवाट टमाटर कृषकले उत्पादन गरेको टमाटर गुठीटार तरकारी संकलन केन्द्रमा जम्मा गरेर नेपाल लगायत भारतको विभिन्न वजारमा पठाइन्छ ।