धरान / धनकुटा बसन्तपुर सडक खण्डमा यात्रुबहाक बस दुृर्घटना हुदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मृत्यु हुनेमा पुर्व अर्थराज्य मन्त्रि हरिराज खेवा सहित १५ जना छन् । धनकुटाको परेवादिन गाविस–५ सिधुवामा बिहीबार दिउँसो दुर्घटना भएको हो । धरान–१७ का चेतन मगरको शुक्रबार विहान उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रतिष्ठानले उनलाई नोवल रेफर गरेको थियो । नोवलमा पनि उपचार नभए पछि न्युरोमा रेफर गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।
दुर्घटनामा परि ४० जना घाईते भएको जनाईएको छ ।उनीहरुको स्थानिय मेडिकल,जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ । गम्भिर घाईतेहरुलाई थप उपचारका लागि धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याईएको छ ।बस सडकबाट करिब दुई सय फिट तल खसेको छ ।उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३५ जनालाई ल्याईएकोमा ८ जनाको मृत्यु भएको प्रतिष्ठान स्थित प्रहरी पोष्टले जनाएको छ । (सम्बन्धित समाचार तलको लिङ्कमा )
मृत्यु संख्या –१५ पछिल्लो समय मृत्यु : चेतन मगर धरान १७ रेफरः ५ डिस्चार्ज भएका संख्या –३ जना प्रतिष्ठानमा उपचारत घाईत– २९