[video width="640" height="368" mp4="http://blastkhabar.com/wp-content/uploads/2016/07/video-1469422936.mp4"][/video]

  धरान / केही दिनयता परेको अविरल वर्षाका कारण पूर्वी नेपालका अधिकांश क्षेत्रमा बाढी–पहिरोले जनधनमा क्षति पु¥याएको छ । बाढी–पहिरो र डुबानका कारण पूर्वका विभिन्न स्थानमा चारजनाको मृत्यु भएको छ भने १ सय ४४ परिवार विस्थापि13814460_762672370542337_313377237_nत भएका छन् । विभिन्न जिल्लामा गरी करोडौँ रुपैयाँको क्षति भएको छ ।  वि13816788_762672397209001_937918154_nराटनगर, झापा, सप्तरी ढुवानमा परेका छन् । बर्ष अझै पनि रोकिएको छैन् । बाढी–पहिरोका कारण सुनसरी, मोरङ, ओखलढुङ्गा, झापा र ताप्लेजुङमा एक–एकजनाको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । बाढी–पहिरोबाट सुनसरीको भुटाहाका १२ वर्षीय कोसमिम आलम, मोरङका ६९ वर्षीय धनरुप राई, ओखलढुङ्गाका विष्णु ढुङ्गेल र ताप्लेजुङका देउकुमार राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर गङ्गा13817009_762672333875674_719954938_n(1)प्रसाद पौडेलले बताए । उनले भने, ‘बाढी–पहिरोका कारण पूर्वमा करीब डेढ सय घर–परिवार विस्थापित भएका छन् ।’ विस्थापित परिवारले विद्यालय तथा आफन्तकहाँ शरbakraha_dineshण लिएको प्रहरीले जनाएको छ । तरहरा संवाददाता धनबहादुर पुरीका अनुसार वर्षाको कारण दुहबी–७ स्थित बुढी खोलामा आएको बाढीले खोलाछेउका सातवटा घर बगाएको छ । अजय मेतर, भरत मेतर, सतरन मेतर, नरेश मेतर, बिकी मेतर, बिपिन मेतर र विजय मेतरको कच्ची घर बगाएको दुहबी इलाका प्रहरी कार्यालयका शिवकुमार पोखरेलले  जनाए । उनका अनुसार विस्थापित परिवारलाई राहत दिने काम भइरहेको छ । सुनसरीका विभिन्न गाउँ डुबानमा परेका छन् । पूर्वमा सोलुखुम्बुको चौरीखर्क–४ सुर्केमा धेरै क्षति भएको प्रहरीले जनाएको छ । गत साता पहिरो खसेर सात घर पुरिएको थियो  भने नौ घर जोखिममा रहेको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिँदा २ करोड बढीको क्षति भएको प्रहरीको भनाइ छ । घरमाथिबाट  dinesh_   खसेको पहिरोले ढुङ्गा, माटो र टिनले बनेका स्थानीय आङ्छेची शेर्पा, फुनुरु शेर्पा, राजु पुरी, आङलाक्पा शेर्पा, लाक्पा छिरीङ शेर्पा, पासाङ ग्याल्जेन शेर्पा, छोङवा शेर्पाका घर पूर्ण रुपले पुरिएका हुन् । त्यस्तै पूर्वका जिल्लाहरुमा २ सय २३ घर–परिवार विस्थापित भएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । वर्षाको पानीले उचित निकास नपाउँदा अधिकांश गाउँ तथा शहर जलमjhapa_badiग्न भएका छन् । त्यस्तै झापामा सयभन्दा बढी घर डुबानमा परेका छन । जथाभावी गरिएको जग्गा प्लटिङ र अव्यवस्थित ढल निकासका कारण ती बस्तीमा पानी जमेको स्थानीयको आरोप छ । मोरङको मधुमल्लामा सुनसरी बक्राहा खोला बाँध फुटेर गाउँमा पस्दा पाँचवटा वडाका दुई सयभन्दा बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ । बक्राहा गाउँ पस्दा मधुमल्लाका ४, ५, ६, ७ र ८ नम्बर वडाका दुई सयभन्दा बढी घर डुबानमा परेको क्षेत्रीय प्रहरी प्रवक्ता पौडेUntitled-2 copyलले बताए । भद्रपुर संवाददाता उत्तम नेपालका अनुसार गोलधाप–९ का ६४ वर्षीय कालीबहादुर लिम्बूको घरनजिकैको खोलामा डुबेर मृत्यु भएको छ । झापामा सयौँ घर डुबानमा परेको तथा एक दर्जनभन्दा बढी घर भत्किएको झापाका डीएसपी हरिप्रसाद शर्माले बताए । यस्तै गौरादह–८ र लखनपुर–५ स्थित गेउरिया खोलाले बगाएर गौरादह–५ का ३६ वर्षीय एकेन्द्र urlabariखड्का वेपत्ता भएका छन् । खड्काको उद्धारका लागि खोजी तीव्र पारिएको डीएपसी शर्माले बताए । झापाका प्रमुख नदीहरु कनकाई, बिरिङ, रतुवा, निन्दा, देउनियाँलगायत साना खहरे खोलाहरुमा बाढी आएका कारण जिल्लाको जनजीवन अस्तव्यस्त बनेको हो । मुसलधारे वर्षाले बाढी आएर अन्दुवा खोलाको पानी आवासीय क्षेत्रमा पसेपछि बिर्तामोडका घरहरु डुबानमा परेका छन् । बिर्तामोडको मध्य भएर बग्ने अन्दुवा खोलामा आएको बाढीले केही घरमा पानी पसेको हो । बिर्तामोड–१, ६ र ८ का सयौँ घर डुबानमा परेका छन् । धेरै परिवार विस्थापित भएका छन् भने अन्दुवा खोलाको पश्चिम किनारमा छाप्रो हालेर बसेका सुकुम्वासी विस्थापित भएका छन् । अतिथि सदन जाने बाटोमा अन्दुवाको सानो भङ्गालो पसेर जलमग्न बनेको छ । पसलमा पानी पसेपछि व्यापारीले करोडौँको नोक्सानी व्यहोर्नुपरेको व्यवसायीले बताए । बिर्ताबजारबाट घैलाडुब्बा जोड्ने पक्की सडकको झण्डै सय मिटर खण्डमा अन्दुवाको भङ्गालो बगिरहेको छ । त्यहाँका दर्जनौँ घर डुबानमा परेका छन् भने नवोदय बोर्डिङ स्कुल पनि डुबानमा परेको छ । हालै निर्माण सम्पन्न भएको सो सडकमा कम्तीमा ३ फुट गहिरो कटान गरेको छ । बिर्ताबजारबाट मुक्तिचोक जाने मुख्य सडकखण्डमा वर्षा शुरु हुँदैदेखि सडकमा खोला बग्ने क्रम नरोकिएकोले आइतबारदेखि आवागमन बन्द भएको छ । कनकाई नगरपालिकाका तुलसीबारी र चप्रामारी, घेराबारी, चकचकी, राजगढ, शिवगञ्ज, पाँचगाछी, कोहोबरा, कोरोबारीलगायतका क्षेत्र जलमग्न छन् । झापाको दक्षिणी गाविस चकचकीमा सय घर–परिवार विस्थापित भएका छन् । चकचकी–४, ८, र १ स्थित घाग्रा खोलामा आएको बाढीले ३८ घर विस्थापित भएको जनाइएको छ । उनीहरु छिमेकीको घरमा शरण लिएर बसेका छन् । त्यस्तै, घेराबारी–५ मा १३ घर डुबानमा परेका छन् । नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोली आइतबार बिहानैदेखि ती परिवारको उद्धार कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ज्ञशिवसताक्षीको दूधे खोलाको कटानबाट सात परिवार जोखिममा परेको प्रहरीले जनाएको छ । आप्mनोे एक बिघा धानखेतमा सतासी खोला पसेर क्षति पु¥याएको स्थानीय दीपक तामाङले बताए । लोकमार्गको उत्तरी क्षेत्र पनि जलमग्न छ । दुर्गापुर, लक्ष्मीपुर, सुरुङ्गाको माथिल्लो भाग जलमग्न भएको छ । साँघुरा कल्भर्टहरुमा पानी नअटाएर माथिल्लो क्षेत्र डुबानमा परेको स्थानीय बताउँछन् । यस्तै, रतुवा खोलाको बाढीले बाँध भत्काउन शुरु गरेको प्रहरीले जनाएको छ । लखनपुर–२ स्थित रतुवा खोलाको बाँध फुट्दा गौरादह, लखनपुरका सयभन्दा बढी परिवार विस्थापित हुने सम्भावना बढेको छ । उता, गौरीगञ्जमामा सात घर डुबानमा परेको प्रहरीले जनाएको छ । भद्रपुरमा डेढ सयभन्दा बढी घर डुबानमा परेका छन् । वडा नम्बर १०, ५ र ११ का घर डुबानमा परेका हुन् । भद्रपुर–५ स्थित हनुमान मन्दिरदेखि मसानघाटसम्मको शान्ति टोल डुबानमा परेको छ । डुबानमा परी स्थानीय शंकर मण्डलको ग्वाली घर, अशोक सिंहको घर र हरिलाल मुर्मूको घर पूर्ण रुपमा लडेको छ । त्यहाँ ८० घरपरिवारका दुई सयभन्दा बढी मानिस, सामान तथा चौपायालाई सुरक्षित स्थानमा सारिएको छ । घरभित्र पानी पस्न थालेपछि उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना खटिएका थिए । उद्धार गरिएका सबैलाई भद्रपुर उच्च माविमा सारिएको वडा प्रहरी कार्यालयका इन्स्पेक्टर राजनकुमार न्यौपानेले बताए । निर्माणाधीन मेची पुलका निर्माण सामग्री बगाउनुका साथै क्षति पनि पु¥याएको छ भने निर्माण कार्य एक सातायता ठप्प भएको छ । नदीमा पानीको सतह बढेपछि नाउ नचल्दा भारत आउजाउसमेत अवरुद्ध हुन पुगेको छ । यसैगरी देउनियाँ नदीमा आएको बाढीले गरामनी–३ को सुकुम्बासी टोल डुबानमा परेको छ । नदीकिनारमा रहेका एक दर्जनभन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चारैतिर पानी पसेर घर डुबानमा परेका स्थानीय ५५ वर्षीय समरबहादुर परियारलाई प्रहरीले उद्धार गरेको छ । यता पृथ्वीनगरस्थित देउनियाँ खोलाको पानी बस्तीमा पस्दा केही घर डुबानमा परेका छन् । घर–आँगनमा पानी पस्दा ज्यान जोगाउन रुखमा बसेका दुई बालिकाको प्रहरीले उद्धार गरेको छ । यस्तै, विराटनगर उपमहानगरपालिकासँग जोडिएको टङ्किसिनुवारी गाविसमा आइतबार बगेर एकजनाको मृत्यु भएको छ । सिङ्गिया खोलामा बगेर टङ्किसिनुवारी–३ का १८ वर्षीय कृष्णबहादुर खड्काको मृत्यु भएको हो । उनको शव एक किलोमिटर दक्षिणतर्पm भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । विराटनगर उपमहानगरपालिकाले डुबान समस्याको अल्पकालीन समाधान पनि दिन सकेको छैन । दीर्घकालीन रुपमा पानी निकासका लागि काम गरिरहेको भए पनि तत्कालका लागि जमेको पानी कटाउने गरी काम गर्न उसले तत्परता देखाएको छैन । उपमहानगरपालिकाले काम नगरेको गुनासो स्थानीय कीर्तिराज पराजुलीले गरे । उनको टोलका अधिकांश घरमा पानी पसेपछि उनले बिहान उपमहानगरपालिका गएर गुहार मागेका थिए । तर उपमहानगरले सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरे । वर्षायाममा हुने डुबान नियन्त्रण गर्न र थुनिएका नालापैनीहरु खोल्न खरिद गरिएको उपमहानगरको स्काभेटर यति बेला बिग्रिएर थन्किएको छ । स्थानीयले स्काभेटर पठाइदिन दवाब दिए पनि उपमहानगरले नगरवासीलाई स्काभेटर उपलब्ध गराउन सकेको छैन । उपमहानगरपालिकाका अधिकृत हिरालाल यादवले स्काभेटर बिग्रिएको कारण जनताको मागअनुसार उपलब्ध गराउन नसकिने बताए । उनले भने, ‘स्काभेटर नबनेसम्म नगरपालिकाले पूरै क्षेत्रको डुबान नियन्त्रण गर्न सम्भव छैन ।’ स्काभेटर बिग्रिएपछि उपमहानगरले नगर क्षेत्रका रोडशेष चोक, शिवमन्दिर क्षेत्र र सत्यनारायण स्कुल अगाडिको क्षेत्रमा कालिका कन्स्ट्रक्सनको स्काभेटर सहयोगमा मागेर पानी निकास गराउने प्रयत्न गरेको अर्का अधिकृत पुनम दाहालले जनाए । स्काभेटर नभएकै कारण नगरपालिकाले स्थानीयको गुनासो सम्बोधन गर्न कोदालोसहित कामदार परिचालन गरी केही ठाउँमा पानी भगाउने काम गरेको अधिकृत यादवले जनाए । पूरै नगर डुबानमा परेकोले कोदालोको भरमा डुबान नियन्त्रण गर्न सम्भव छैन । लगातार परेको वर्षाले मोरङमा करीब तीन सय परिवार विस्थापित भएका छन् । भारी वर्षा भएपछि बढी क्षति हुन पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केसलिया खोलामा आएको बाढीका कारण विराटनगर–१६ स्थित बकरी टोलको सुकुम्बासी बस्तीमा पानी पस्दा २६ परिवारका डेढ सयभन्दा बढी विस्थापित भएको मोरङ प्रहरीले जनाएको छ । विस्थापितहरुले अहिले विराटनगर–१६ को बखरी निमाविमा आश्रय लिएका छन् । शनिबार रातिदेखि विस्थापित परिवार सो स्कुलमा आश्रय लिइरहेका छन् । उनीहरुले आपूmलाई आवश्यक पर्ने ओढ्ने, ओछ्याउने, चौपायाहरु ल्याएर अहिले स्कुलमा राखेका छन् । यसैबीच, रेडक्रस मोरङले बकरीका विस्थापित २६ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । विस्थापित भएका घर–परिवारका सदस्यलाई मोरङका विभिन्न राजनैतिक पार्टीले सामूहिक रुपमा भोजनसमेत गराएका छन् । त्यस्तै कटहरीमा पनि दर्जनौँ घर डुबानमा परेका छन् । यसका साथै बक्राहा खोलाको पानी पस्दा गोविन्दपुर–८ का ५० परिवार विस्थापित भएका छन् । उनीहरूलाई प्रहरीको टोलीले उद्धार गरी सामुदायिक भवनमा राखिएको छ । सिजुवामा २३ परिवार विस्थापित भएको र उनीहरूलाई रेडक्रसबाट त्रिपाल र खाद्यान्न उपलब्ध गराइएको रेडक्रसका अधिकृत कमल कोइरालाले जनाए । यसका साथै बबियाबिर्तामा ३५ परिवार, हसन्दहको जयनगर र सुगाबजारका दुई सय परिवार विस्थापित भएका छन् । नुनसरी खोलाको पानीले मधुमल्ला–४ र ६ वडाका ५० परिवार विस्थापित भएका छन् । टापुमा परिणत भएका ती वडामा उद्धार गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । सोराभाग–९ का २५ परिवार विस्थापित भएको र तीमध्येका १२ परिवारको घर पूर्ण रूपले क्षति भएको छ । लगातारको वर्षाका कारण उपमहानगरपालिकाका बाटोहरु हिलाम्मे भएको र आवतजावतमा कठिनाइ भएपछि नगर क्षेत्रका १८ कलेज र करीब एक दर्जन विद्यालयले दुई दिन छुट्टी दिएको जनाएका छन् । हिसानको बैठक बसी दुई दिन विदा दिएकोे हिसान मोरङका अध्यक्ष बलराम पन्तले जनाए । उनका अनुसार विद्यार्थीहरुको माग र विराटनगरमा हिँड्न समस्या भएपछि विदा दिइएको हो । कलेज बुधबारदेखि सञ्चालन हुने भएको छ । राजविराज समाचारदाताका अनुसार  दुई दिनअघिको भीषण वर्षापछि विभिन्न नदीमा आएको बाढीका कारण सप्तरीको रम्पुरा मलहनियाँ र तिलाठी गाविसका दुईवटा वडा टापुमा परिणत भएका छन् । जिता र खाँडो नदीमा आएको बाढीले वरिपरिबाट घेरेपछि रम्पुरा मलहनियाँ–६ र तिलाठी–८ का सर्वसाधारण गाउँबाट निस्कनसमेत नसक्ने अवस्थामा छन् । स्थानीयले दिएको जानकारीअनुसार रम्पुरा मलहनियाँ–६ मा पाँच सय र तिलाठी–८ मा दुई सय गरी करीब सात सय परिवार गाउँमै पानीमा घेरिएका छन् । दलित बहुल मलहनियाँ–६ मा अधिकांश घरमा पानी जमेको छ भने तिलाठी–८ को अवस्था पनि उस्तै रहेको स्थानीय कृष यादवले जनाए । दुई दिनदेखि खाने र बस्ने समस्याले पिरोलिएका दुईवटै वडाका सर्वसाधारणका लागि वरपरका गाउँबस्तीबाट आइतबार बिहानै डुङ्गामार्पmत् भुजाच्युरा, नुनलगायतका खाद्य सामग्री उपलब्ध गराइएको यादवले जनाए । यसैगरी खाँडो र जिता नदीको बाढीकै कारण सकरपुरा, लौनियाँ, को. बरसाईन, को. मधेपुरालगायतका गाविसमा समेत कतिपय गाउँ पूरै घेरिएका छन् । बाढीमा घेरिएर आउजाउको समस्या भएपछि नुनसमेत किन्न नपाएको पीडितहरुले बताए । रमपुरा मलहनियाँ–४ का रामकृष्ण यादवले दिएको जानकारीअनुसार सकरपुरा गाविसका पाँच सय, बिषहरियाका २ सय ५०, लौनियाका २ सय, तिलाठीका ३ सय, लोखरमका २ सय, रम्पुरा मल्हनियाँका ७ सय, कोइलाडी बरसाइनका २ सय परिवारका घरमा पानी पसेको छ । यीमध्ये यस क्षेत्रका १५ सयभन्दा बढी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । यसैगरी महुली, अमाहा, त्रियुगालगायतका अन्य विभिन्न नदीमा आएको बाढीका कारण सप्तकोशी नगरपालिकाको फत्तेपुर, राजविराज नगरपालिकाको वडा नं. ५, ८, १०, कोइलाडी, तोपा, महदेवा, भगवतपुर, बथनाहा, भारदह, पोर्ताहा, बैरबा, पकरी, दिघवा, देउरी भरुवालगायतका गाविसका नागरिकका घरमा पनि पानी पसेको स्थानीय र प्रहरीले जनाएका छन् । गोबरगाढामा कोशीको त्रास दिन प्रतिदिन पानीको बहाव बढ्दै गएको सप्तकोशी नदीले घरनजिकै कटान शुरु गरेपछि सप्तरीको गोबरगाढा गाविसका सर्वसाधारण त्रसित भएका छन् । सप्तकोशी नदीले वरिपरिबाट घेरिएका कारण डुङ्गाबाट ओहोरदोहोर गर्नुपर्ने गोबरगाढावासी नदीले गाउँ नै कटान गर्न थालेपछि त्रासमा परेको स्थानीय रामभरोसी यादवले टेलीफोन सम्पर्कमा जनाए । उनका अनुसार समिम मन्सुरी, कलिम मन्सुरी, अजितलाल यादव, सोमी यादव, डोमी यादव, शिवराम यादव, गोपाल यादवलगायतको घर नजिकैबाट कोशीले कटान शुरु गरेको छ । यसैबीच राहतस्वरुप च्युरा, मुरी र नुन बोकेर सकरपुरा, रम्पुरा मल्हनियाँ र बिषहरियालगायतका क्षेत्रमा पुगेका जिल्ला दैवी प्रकोप उद्धार समितिका पदाधिकारीहरुलाई पीडितहरुले तत्काल नाउ र त्रिपालको व्यवस्था गरिदिन आग्रह गरेका छन् । बाढीका कारण घरमै कुहिने अवस्था आएकाले बालबच्चासहित घरबाट निस्कन डुङ्गा र सुरक्षित स्थानमा बस्नका लागि त्रिपालको व्यवस्था गरिदिन उनीहरुको माग छ । ‘घरमा बाढी पसेपछि अन्नपात सवै डुबेको छ, नुन किन्नसमेत पाएका छैनौं’, राहत बाँड्न पुगेको टोलीलाई पीडा सुनाउन पौडिएर मूल सडकमा आएका कोइलाडी बरसाइन–४ (टिकुलिया) का शिवचन्द्र यादवले भने, ‘घरमै मरिएला भन्ने चिन्ता भयो, हामीलाई मृत्युको मुखबाट निकालिदिनोस् ।’ प्रमुख जिल्ला अधिकारी बलदेव गौतम नेतृत्वमा सुरक्षा प्रमुखहरु र रेडक्रसका सभापतिसहित पुगेको टोली तीनवटा गाविसको अवस्था निरीक्षण र च्युरा बाँडेर फर्किएको स्थानीयले जानकारी दिए । यसैबीच आइतबार बिहान मैनाकडेरी–५ मा महुली खोलाको तटबन्ध भत्किँदा सो गाविसका करीब ४० घरमा पानी पसेको छ । कञ्चनपुर इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर गौरव महतका अनुसार बाढीले २ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने अन्य घरमा पानी जमेको छ ।